आहा सञ्चार संबाददाता
रुकुम २९, असार : रुकुम पश्चिममा युनाईटेट मिसन टु नेपाल रुकुम कलष्टरको आयोजनामा साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । खीष्ट्रिय समाज बिकास अभियान, दलित सेवा संघ नेपाल अपाङ्ग संरक्षण मञ्च र नेपाल जनजागरण मञ्चको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा सबै साझेदार संस्थाले आफुहरुले अर्धबार्षिक तथा बार्षिकरुपमा संचालन गरेका बिभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिय । जस अन्तरगत नेपाल जनाजागरण मञ्चले जनवरि देखि हाल सम्म ३० लाख ३१ हजार ६ सय ७ रुपया बजेट भएकोमा २२ लाख ९९ हजार ४ सय ६० रकम बिभिन्न कार्यक्रममा खर्च गरेको बताएको छ ।
त्यस्तै दलित सेवा संघको २२ लाख ६ हजार ३ बार्षिक बजेट मध्य २१ लाख ९८ हजार ४ सय ५३ खर्च गरेको प्रतिबेदन प्रस्तुत गरिएको छ । नेपाल अपाङ्ग संरक्षण मञ्चले जनबरी देखि हाल सम्म ९ लाख १९ हजार १ सय ८९ रकम मध्य ८ लाख ६० हजार २ सय ७० रकम बिभिन्न कार्यक्रममा खर्च भएको प्रतिबेदन प्रस्तुत गरिएको छ ।
त्यस्तै ख्रिष्टिय समाज बिकास अभियान बिकासको ३० लाख २५ हजार ८ सय १७ बार्षिक बजेट मध्य सबै बजेट बिभिन्न कार्यक्रममा खर्च गरेको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको अध्यक्षता रहेको गोष्ठिमा गैर सरकारी संस्था महासंघका नारायण शाहको आतिथ्यता रहेको थियो । गोष्ठिको संचालन प्रदिप पन्त्तले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds