डिल्लीबहादुर खत्री
चौरजहारी
स्थानीय सरकारहरु बनेको एक बर्ष बढी भएको छ । स्थानीय सरकारलेहरुले देशभर आआफ्नो तरिकाले विकास निर्माण देखि समृद्धि सपनाका योजनाहरु बनाईरहेका छन । रुकुमको चौरजहारी नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ मा के कस्ता महत्वपुर्ण उपलब्धीहरु गर्यो त हेर्नुहोस यस्तो छ विवरण ।
१) १ सय किलोमिटर सडक निर्माण
२) १८ किलोवाट बिद्युत निर्माण र केन्द्रीय लाइन तिब्र गतिमा अघि बढाइएको छ ।
३) लिफ्ट खानेपानी लगायतका योजनाबाट १ घर १ धाराको नितिलाई तिब्र गति दिइएको छ ।
३) सिँचाइ नहुने जमिनमा लिफ्ट सिँचाइको योजनाबाट सिँचाइ गर्न सुरु गरिएको छ ।
४) पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादन थालिएको छ ।
५ ) सामुहिक पशुपालन सुरु गरिएको छ ।
६ ) सामुदायिक बिद्यालयप्रति भइरहेको घट्दो आर्कषणलाई घटाउन कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई निशुल्क ड्रेस बितरण गरिएको छ ।
७) एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याइएको छ ।
८) अति विपन्नलाई करदेखि एम्बुलेन्स भाँडा छुट र स्वास्थ्य बिमा भरिदिने ब्यवस्था मिलाइएको छ ।
९) कोटजहारीमा पोष्ट मार्टम भवन निर्माण गरिएको छ ।
१० ) प्रत्येक वडामा वाइफाई डिजिटल हाजिरी जडान गरिएको छ भने बिद्यालयमा जडान सुरु गरिएको छ ।
११) १ दशकसम्म पनि स्तर उन्नति नभएका बिकाशे योजनाहरु स्तर उन्नतिमा तिब्रता दिइएको छ ।
१२) जहारी खोलामा ३ वटा मोटर पुलको लागि सर्वे गरि मेलैनाउली र टाटामा टेन्डर आव्हान गरि कार्यन्वयनको प्रक्रियामा रहेको छ ।
१३) १४ वटै वडा सडक सञ्जालमा जोडिएको छ ।
१४) खेलकुदमा आकर्षण बढाउन नगर प्रमुख कप सुरु गरिएको छ ।
१५) बाल संरक्षण कोष र बिपद ब्यवस्थापन कोष निर्माण गरिएको छ ।
१६) प्राकृतिक प्रकोप न्युनिकरण गर्न तटबन्ध निर्माण र तारजाली बितरण गरिएको छ ।
१७ ) पर्यटकिय स्थल पहिचान गरि संरक्षण, स्तरउन्नति र ब्यवस्थापन गर्न सुरु गरिएको छ भने मालिका मन्दिरमा सडक देखि मन्दिरसम्म ४ सय ५० सिढी निर्माण गरिएको छ ।
१८) समयसमयमा विभिन्न ठाउँमा स्वास्थ्य शिविर, गाउँघर क्लिनिक सञ्चालन सुरु गरिएको छ भने गाउँघर क्लिनिकको लागि दुईवटा भवन बनेका छन् ।
१९ ) दुई सय करार कर्मचारी राखेको छ ।
२० ) सामुदायिक बिद्यालयमा ऋण मुक्त बनाई स्रोत साधन पुर्ण बनाउन सुरु गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto