परिचन्द्र खत्री
मुसिकोट
रुकुम पश्चिम बाँफिकोट गाउपालिका ४ खालीबड्गाउँ निबासि जितबहादुर केसीको घर पहिरोको जोखिममा परेको छ । घर अगाडिबाट पहिरो खस्दा घर पहिरोको जोखिममा रहेको घर घनि जितबहादुर केसीले बताए । बाल्लाचौर देखि स्यार्पु जोड्ने सडक खन्ने क्रममा घर जोखिममा परेको घर धनि केसीको भनाई छ । गत वर्ष बर्षा याम कम पहिरो गए पनि यस भने घर अगाडिको भाग ५० सिन्टिमिटर मात्रै रहेको उनको भनाई छ । घर परिवार दुई हप्ता देखि घर छोडेर वडा नम्वर ५ को काडामा बस्दै आएको बताइएको छ । गत बर्ष प्रहरी र गाउँकार्यपालिकाले हेरे पनि घर जोगाउनको लागि कुनै पहल नगरेको घर धनि केसीको गुणासो छ । रातिको समयमा पानी पर्दा आफुहरु मनबहादुर केसीकोे घरमा बस्दै आएको उनको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु
