मोहन बिसी
आठबिसकोट
रुकुमको आठबिसकोट नगरपालिकाले बिपद जोखिम न्युनिकरण सम्वन्धि २ दिने अभिमुखीकरण गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । नगरपालिका भित्रका सम्पुर्ण वडाका वडा अध्यक्ष र वडा सचिवहरुलाई लक्षित गरी गोष्ठी तथा तालिम सञ्चालन गरेको थियो । बिपत्ती कुनै पनि बेला कसैलाई थाहै नभई आउने भएकाले यस बाट बच्न बिभिन्न किसिमका पुर्वतयारीहरु अपनाउनु पर्ने उपायहरुको बिषयमा छलफल भएको ।

त्यस्तै यदी कुनै कारण बस बिपद परिआएमा सबै मिलेर तत्काल त्यसको समाधान तथा उद्धार गर्ने र राहत बितरण कसरी गर्ने भन्ने लगाएतका बिषयमा पनि सरोकारवाला निकायहरुबिच छलफल भएको छ । आठबिसकोट नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा रुकुमको सहजिकरणमा तालिम तथा गोष्ठी सञ्चालन भएको हो । नेपाल वन वातावरण तथा जोखिम ब्यवस्थापन समितीका संयोजक गोर्ख बहादुर कामीको अध्यक्ष्यतामा सञ्चालन भएको गोष्ठीको प्रमुख अतिथी आठबिसकोट नगरपालिका नगर उपप्रमुख गिता नेपाली र प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी को बिषेश आतिथ्यता रहेको थियो । आठबिसकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुमका सभापति शिबराम खत्रीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto