हिक्मत प्रतेल
कोल
रुकुम पूर्व पुथा उत्तरगंगा गाउपालिकामा पीडित परिवारलाई राहत बितरण भएको छ । गाउँपालिका बिपद ब्यवथापन समितिले आकस्मिक आगजनीमा ज्यान गुमाएका २ जना, अङ्गभङ्ग भएको १ जना , घर नष्ट भएका ८, चट्याङमा ज्यान गुमाएको १ जना लाई नगद र जिन्सी राहत वितरण गरिएको हो । आगजनीमा र चट्याङमा ज्यान गुमाएका परिवारलाई २५ हजार नगद, अङ्गभङ्ग भएकालाई २५ हजार त्यस्तै घर आगजनी भएकालाई ५० हजार र सामान्य क्षति भएकालाई पन्ध्र हजार र दस हजार गरेर प्रहरी मुचुल्काको आधारमा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता भिम बहादुर मल्लले जानकारी दिए । त्यस्तै गाउँपालिकाका प्रशासकिय प्रमुख रबिन्द्र बुढाक्षेत्रीले बिपद्बाट जोखिन सबै ब्यक्ति सचेत हुनुपर्ने बताउदै सचेत अपनाउदा अपनाउदै घटना घटेमा पीडित परिवारलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु