सल्यानको मौलाहाल्ने देखि रुकुम पश्चिम चौरजहारी चौफा, चन्द्रबजार सडक खण्ड अन्तरगत दार्मा गाउँ पालिकाको केन्द्र रहेको ठाउँ फारुलामा सडकको अवस्था नाजुक छ । दाङ देखि चौफा चन्द्रबजार आउने बसहरु घण्टौसम्म फस्ने अथवा मान्छेले धकेल्नु पर्ने अवस्था छ । जनप्रतिनिधि निर्वाचित भएको एक बर्ष पुग्दा समेत गाउँपालिकाको केन्द्र रहेको ठाउँको सडक नै यस्तो छ । मौलाहाल्ने चौफा, चन्द्रबजार सडक खुलेको दशक बढी समय भएपनि स्तर उन्नति हुन सकेको छैन् । जसको वर्षा याममा हिलाम्य सडक र यात्रुहरुको लागि जोखिमपुर्ण गर्नुपर्ने बाध्यता छ । शब्द/तस्बिर : डिल्लीबहादुर खत्री

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto