- हरि जिज्ञासु
रुकुम पश्चिमको आठविसकोट नगरपालिका खदीमा सडक पुगेको छ । पश्चिम रुकुमको सबै भन्दा विकट मानिने आठविसकोट नगरपालिकाको वडा नं. १,२,३ मा सडक सञ्जालमा जोडिएपछि स्थानीयहरु हर्षित बनेका छन । आफ्नो पालामा गाउँमा सडक आउने र गाडि देख्ने कुरामा शंका गरिरहेका स्थानीयहरु अहिले गाउँमा सडक पुगेपछि चकित परेका छन ।
सडक पुगेपछि गाउँलेहरुले खुशी व्यक्त गर्दै स्काभेटर चालकलाई फूलमाला सहित सम्मान समेत गरेका छन । विभिन्न चरणको निर्वाचन हुँदा फरक फरक राजनीतिक दलहरुले गाउँमा सडक पु¥याउँने एजेण्डाले भोट झारेपनि यसअघि सडक पुगेको थिएन । नगरपालिकाको वडा नं. ३ खदी मा सडक पुगे पनि वडा नं. १ र २ मा भने अझै सडक पुगेको छैन । वडा नं. ३ मा सडक पुगेपछि अरु वडाका बासिन्दाहरु आफ्नो वडामा सडक पुग्ने आशामा छन । सडक नपुगेका वडाहरुमा पनि सडक पु¥याउने काम तिब्र रुपमा भैरहेको नगर प्रमुख गोरखबहादुर केसीले बताए । हाल सम्म पनि त्यसक्षेत्रका बासिन्दाहरु घोडाखच्चडमा सामान ढुवानी गर्दे आएका छन ।
तर भिरालो ठाउँमा कच्ची सडक मात्र बिस्तार भएका कारण वर्षायाममा सडक संचालनमा समस्या हुने अवस्था छ । जसले गर्दा सडक पुगेपनि दिगो रुपमा सडक सञ्चालन हुन्छ की हुदैन भन्नेमा स्थानीयहरु शंका रहेको छ ।