पवित्रा खड्का/चौरजहारी
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा न ७ को ढोरपिपल र वडा न १० को माझकाडाको थापाचौरमा शहरी स्वास्थ केन्द्र उद्घाटन गरिएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले एक कार्यक्रमका बिच स्वास्थ केन्द्र उद्घाटन गरेका हुन ।
नगर प्रमुख पुनले सम्पुर्ण नगरपालिकाका जनतालाई स्वास्थ्य सेवा बाट कोहि पनि बञ्चित नहुन भनेर केन्द्र स्थापना गरिएको बताए । ‘सामान्य चेकजाँच गर्नेको लागि पनि धेरै टाढा जानुपर्ने बाध्यता हटेकोे छ’ उनले भने, ‘यस स्वास्थ्य केन्द्र बाट ७,८,१० र ११ नं. वडाका जनता लाभान्वित भएका छन ।’ बिगत एक वर्ष पहिले उद्घाटन हुने भनिएको स्वास्थ्य केन्द्र विविध कारण देखाउदै ढिला भएको थियो ।

अहिले उक्त स्वास्थ्य केन्द्रमा एचए एक जना र अनमी एक जना भए पनि निकट भविस्यमा नै थप जनशक्ति व्यवस्थान सगै नगरका अन्य क्षेत्रमा पनि स्वास्थ्य केन्द्र बिस्तार गर्ने योजना गरेको नगर प्रमुख पुनको भनाई छ । उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन बुढा, डा. हेमराज शर्मा, डा. तारा रिजाल र नगर स्वास्थ्य सयोजक बासुदेब पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto