आहा सञ्चार संबाददाता
रुकुम २४, असार : कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले कर्णाली प्रदेशले आगामि आर्थिक वर्षमा ठुला योजनाहरुलाई प्राथमिकता दिएको बताएका छन । कनिका छरे जसरी ससाना योजनामा बजेट हाल्दा ठुलो प्रतिफल नदेखिने भएकाले ठुला योजनालाई प्राथमिकता दिईएको उनको भनाई थियो ।
प्रेस सेन्टर र प्रेस चौतारी रुकुमले संयुक्त रुपमा सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै प्रदेश सभा सदस्य शर्माले सडक, बिद्युत र खानेपानीका ठुला योजनालाई प्राथमिकता दिईको बताए ।
जसमा प्रदेशका जिल्लालाई प्रदेश राजधानि संग र अन्तराष्ट्रिय सिमालाई जोड्ने सडकलाई बढी महत्व दिईएको उनको भनाई छ । त्यस्तै प्रदेशले आगामि वर्षका लागि रोजगारमुखी कार्यक्रमलाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको उनले जानकारी समेत गराए । केन्द्र र प्रदेश तथा प्रदेश र स्थानीय तहका साझा अधिकार के के हुने भन्ने टुंग्याउन र आवश्यक कानुन निर्माणमा पनि प्रदेश सरकार लागि परेको शर्माले बताए । प्रेस सेन्टर नेपाल रुकुमका अध्यक्ष मेगराज खड्काको अध्यक्षता र संचालनमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका अध्यक्ष धुब्रबिक्रम बुढाथोकी, सहसचिब बिर बहादुर मल्ल, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश चिन्तन, प्रेस चौतारी रुकुमका सहसचिब अमरराज पुन लगायतको आथित्यता रहेको थियो ।
