पबित्रा खड्का
चौरजहारी
रुकुम पश्चिम चौरजहरी नगरपालिका ३, टाटागाउमा मैखरा कृषि सामाग्री निर्माण उद्योग सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका भुमी तथा कृषि मन्त्री बिमला केसीले रिवन काटेर कृषि सामाग्री निर्माण मेसिनको उदघाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद रातो कामी, चौरजहारी नगर प्रमुख बिशाल शर्मा, अपप्रमुख राधा रोका, उद्द्योग बानिज्य संघ चौरहारिका अध्यक्ष प्रेम सुनार र दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य पुष्प बादीको पनि उपस्थिति रहेको थियो । उद्ध्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले यो कर्णाली प्रदेशको कृषि सामाग्री निर्माण उद्द्योग पहिलो भएको बताउदै गाउँगाउँमा यसरी उद्योग कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिईन । उद्योगका संचालक चन्द्र बहादुर विश्वकर्माका अनुसार यस क्षेत्रका लागि आवश्यक कृषि सामाग्रीहरु निर्माण र बिक्रिबितरण गरिने छ । बाहिरबाट ल्याउदा महंगो पर्ने गरेको भएपनि जिल्लामै उत्पादन गर्दा सस्तो समेत पर्न जाने बताइएको छ ।
