ज्ञानु गौतम
चौरजहारी
उद्योग बाणिज्य संघ चौरजहारीको नबनिर्बाचित कार्यसमितिको पहिलो काम सरसफाईबाट शुरु गरिएको छ । रुकुम ईलाका प्रहरी कार्यालय चौरजहारी, ज्वालादल गण र चौरजहारी उद्योग बाणिज्य सघंका पदाधिकारी र स्थानीय बासीको सक्रियतामा चौरजहारी बजारको सरसफाई गरेको हो । चौरजहारी उद्योग बाणिज्य सघंको आयोजनामा बजारक्षेत्रको बसपार्क देखि त्रिबेणि र बसपार्क देखि चौरजहारी अस्पताल सम्मको क्षेत्रमा प्रहरी,उद्योग बाणिज्य सघँका प्रतिनिधि, होटल ब्यवसायी, बजार बासी, युवा बर्ग, सघं सस्थाका प्रतिनिधि, पत्रकार लगाएको सहभागितामा बजार क्षेत्रमा भएको फोहोर सकंलन, फोहोर नगर्न सचेतना जगाउने काम गरेको चौरजहारी उद्योग बाणिज्य संघका नबनिर्वाचित कोषाअध्यक्ष सन्तोष ओलिले जानकारी दिए ।

सफा र सुन्दर चौरजहारी निमार्णको लागि घरअगाडी फोहोर नगर्न जनचेतना जगाउनुको साथै बढि भिडभाड हुने ठाउँमा आप्mनो घर आगन आफ्ै सफा राखौ भन्ने साईन बोर्ड राखिएको उद्योग बाणिज्य संघका नबनिर्वाचित अध्यक्ष पे्रम सुनारको भनाई छ । बाटो फराकिलो बनाउन बाटो मिचेर छेउछाउमा राखिएका घुम्ति पसल हटाउन १ हप्ताको अल्टिमेटम दिईएको छ । अध्यक्ष सुनारका अनुसार आगामी दिनमा पनि आवश्यता हेरी हप्तामा सरसफाई गर्ने र जनचेतना बिस्तार कार्यलाई जारी राखिने छ । एक हप्ता अघिमात्रै सुनारको अध्यक्षतामा चौरजहारी उद्योग बाणिज्य सघंको नयाँ समिति गठन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto