सर्जना कार्की
रुकुम पुर्व
रुकुम पुर्वमा सिस्ने गाउपालिका रुकुम पुर्वको आर्थिक वर्ष २०७५/७६ को लागि राजस्व तथा बजेट र बार्षिक विकास योजना निर्माण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गाउपालिकाको कार्यालय रुकुम पुर्वको आयोजनामा भएको कार्यकममा बोल्दै सहभागीहरुले यो बेला जनप्रतिनीति र स्थानीय सरकारको समिक्षा गर्ने बेला भएको कारण सचेत भएर नीति तथा कार्यक्रम बनाउनु पर्ने धारणा राखेका छन ।

स्थानीय सरकारको यो परिक्षण घडी भएको र यहि बेलामा जनप्रतिनिधिले जनतालाई विकासको प्रत्याभूती गराउन नसकेमा सिहदरवारको अधिकार गाउघरमा आएको नदेखिने सहभागीहरुको धारणा थियो । गाउपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय अधिकारी आनन्द केशरी पोखरेलको विशेष उपस्तिथि रहेको थियो । यसैगरी कार्यक्रममा गाउपालिका उपाध्यक्ष गोबरधन बुढा, खड्गदल गनका सेनानी जनार्दन बस्नेत, प्रहरी निरीक्षक दिवाकर रिजाल, नेपाल कम्न्युष्ट पार्टिका नेता नन्दलाल शर्मा, सिस्ने शिक्षा क्याम्पस प्रमुख तिव्र गौतम, उद्योग बाणिज्य सघँका अध्यक्ष यज्ञ प्रकाश मल्ल लगायत विभिन्न विद्यालय तथा सघंसस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । सिस्ने गाउपालिका वडा नम्बर ५ मा सञ्चालन भएको कार्यक्रमको सञ्चालन निमित्त प्रशासकीय अधिकृत तिलक गौतमले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto