मेगराज खड्का
रुकुम २१, असार : नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक चिन्तनले जिल्ला कारागार शाखा रुकुममा पुस्तकालय स्थापना गर्ने घोषणा गरेका छन । कारागारबाट छुटेको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष चिन्तनले यस्तो जानकारी दिएका हुन । ‘करिब एक महिना हिरासत र कारागार बसाईको क्रममा म त्यहाँ रहँदा पुस्तक पढ्न चाहाने कैदी बन्दीहरुको लागि निकै समस्या रैछ’ उनले भने, ‘मैले यसअघि पनि केहि पुस्तक दिईसकेको छु, आजै पनि केहि पुस्तक दिएर कारागारमा रहेका बन्दीहरुको लागि राजनीतिक, आर्थिक तथा सामाजिक व्यवहारको परिवर्तनमा सहयोग पु¥याउन चाहान्छु ।’ आफुले ६ हजार रुपैयाँ बरावरको पुस्तक कैदी बन्दीहरुलाई प्रदान गरेको र पुस्तक प्रदान गर्न चाहाने ब्यक्तिहरुले पनि सहयोग गर्न अनुरोध समेत गरेका छन । कैदी बन्दीहरुको लागि एउटा व्यवस्थित पुस्तकालय स्थापना गर्ने उनको घोषणा छ । एक किशोरीमाथी जबरजस्ती करणीको आरोपमा पक्राउ परि हिरासत र कारागार गरि करिब एक महिना बन्दी बनेका चिन्तनलाई जिल्ला अदालत रुकुमले बुधबार सफाई दिएको हो । ‘मलाई बिभिन्न तानाबाना बुनेर फसाईएको थियो, त्यो आज छलंग भएको छ’ उनले भने, ‘कारागारमा पनि म जस्ता धेरै निर्दोष ब्यक्तिहरुलाई फसाईएको छ, समयक्रममा सत्यको नै जीत हुनेछ ।’
