सर्जना कार्की
रुकुमकोट
सिस्ने गाउपालिका रुकुम पुर्वले कृषकहरुलाई १८ सय कागती र सुन्तलाका बिरुवाहरु बितरण गरेको छ । गाउपालिकाले वडा नम्बर ५ स्थित ह्याप्ला र चोथाबारीका कृषकलाई ५०० कागती र १३०० सुन्तलाका बिरुवा वितरण गरेको छ । सिस्ने गाउपालिकाको तथा कृषि सेवा केन्द्रको आर्थिक सहयोगमा बिरुवा वितरण गरिएको छ । उक्त ठाउलाई सुन्तलाको पकेट क्षत्र भनी गुरुयोजनामा पास गरेकोले सुन्तला उत्पादनको लागि प्रतिघर १ सयका दरले १८ घरलाई कागती र सुन्तलाका बिरुवा वितरण गरिएको ५ नम्बर वडा अध्यक्ष शान्त बहादुर बिकले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto