मोहन बिसी
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नम्बर ६ को साक्चालाइ अलैची पकेट क्षेत्र बनाएर अलैचीका बिरुवाहरु लगाइएको छ । नगरपालिकाको दश लाख बराबरको आर्थिक सहयोगमा वडाका ४३ घरधुरीका किसानहरुले करिब १६५ रोपनि जग्गामा अलैची खेती गरिएको हो । त्यस क्षेत्रमा यसपटक मात्र ७५ हजार अलैचिका विरुवा रोपिएको वडा सदस्य नबिन महताराले जानकारी दिए ।

उनका अनुसार खोला क्षेत्रमा खेर गईराखेको जमिनमा अलैची खेती गरिएको हो । बाह्रै महिना चिस्यान भई राख्ने त्यस ठाउँमा अलैचिको खेति फस्टाउने आशा गरिएको छ । नगर प्रमुख बिशाल शर्माले खेर गैईरहेका ठाउँहरुमा अलैचीको खेती गरेर कृषकहरुको आम्दानी बढाउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto