आहा सञ्चार संबाददाता
मुसिकोट
बालिकालाई जवरजस्ती गर्न खोजेको आरोपमा जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा कार्यरत अहेव चन्द्रकुमार मल्ल पक्राउ परेका छन् ।
आठबिसकोट नगरपालिका १४ घेत्मा घर भई विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत अहेव मल्ललाई मुसीकोट नगरपालिकाकी १४ वर्षिया एक वालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अस्पतालमा उपचाररत उक्त बालिकालाई मल्लले बुधबार राति करिब ११ बजेतिर जवरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शौचालय जादै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जवरजस्ती करिनिको प्रयास गरेको बालिकाका तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दिईएको जाहेरीमा उल्लेख गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार अभियुक्त मल्लमाथि जवरजस्ती करणी उद्योगमा मुद्दा समेत दर्ता भएर थप अनुसन्धान भैरहेको छ ।
