डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अति गरिब नागरिकलाई कुनै पनि कर तिर्नु नपर्ने भएको छ । नगरपालिकाको नीति अनुसार कार्यालयबाट प्रदान हुने सेवा गरिब तथा विपन्न बर्गलाई निशुल्क लिने तयारी गरिएको हो । सिफारिस र पञ्जिकरण लगायतको शुल्क गरिब नागरिकले तिर्नु पर्ने छैन । ‘कसैले आफ्नो सम्पति देखाउछ भने त्यसको त कर लाग्छ तर केही पनि नभएको रहेछ भने त्यसलाई करमा छुट गर्छौ’ नगर प्रमुख बिशाल शर्माले भने, ‘नगरपालिका त्यस्ता घरधुरी केही नगन्य मात्रामा छन् , त्यो तथ्यांक संकलन गरेर कती कर छुट गर्नुपर्ने छन् थाहा हुन्छ ।’ केही नहुनेलाई एम्बुलेन्स भाडा छुट, स्वास्थ्य बिमा भर्ना नसक्नेलाई स्वास्थ्य बिमा निशुल्क भरिदिने लगायतका कार्यक्रम अघि बढाएको प्रमुख शर्माको भनाइ छ । नगरपालिकाको यस्तो कामबाट विपन्न नागरिक खुसी भएका छन् । यस्तो निर्णय गरिबहरुका लागि निकै राम्रो भएको वडा न. १० का गिठे वादीले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto