मोहन बिसी
नेपाल मुक्तक प्रतिष्ठान,दक्षिण कोरिया शाखाद्वारा आयोजित विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगिताको नतिजा साबैजनिक भएको छ । मुक्तक प्रतियोगितामा विभिन्न देशबाट प्राप्त ३ सय ८७ जनाका तीन÷तीन वटाको दरले प्राप्त १ हजार १ सय ६१ मुक्तक प्रारम्भिक छनौट पछि कोडिङ प्रकृया मार्फत नतिजा सार्बजनिक गरिएको हो । जसमा रुकुमका श्रष्टा जिएम दिपु दिपेन्द्र दोस्रो भएका छन ।

प्रमुख निर्णायक मण्डल प्राज्ञ तथा बरिष्ठ मुक्तककार वियोगी बुढाथोकी र नेपाल मुक्तक प्रतिष्ठानका महासचिव तथा बरिष्ठ मुक्तककार रमेश पौडेललाई अन्तिम निर्णयका लागि मुक्तकहरु पठाईएको थियो । नतिजा अनुसार दाङका कपलि मणि प्रथम, जिएम दिपु दिपेन्द्र द्धितिय,सुनिता सापकोटा तृतिया र तरल तेज सान्व्तना भएका छन । प्रतियोगतिामा प्रथम, द्धितिय, तृतिय र सान्व्तनाले क्रमस दस हजार, आठ हजार पाँच हजार र तिन हजार पुरस्कार प्राप्त गर्ने छन । पुरस्कृत मुक्तककारहरुलाई पुरस्कार वितरण तथा सम्मान भव्य समारोहका बिच काठमाण्डौमा छिट्टै आयोजना गरिने जानकारी आयोजकले गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto