डिल्लीबहादुर खत्री
चौरजहारी : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एउटा एम्बुलेन्स ल्याएर संचालन गरेपनि नगरमा ल्याउने भनेका अन्य दुई एम्बुलेन्स ल्याउनमा ढिलाई भएको छ । नगरपालिकाले बिरामीलाई सहज छिटो र छरितो तरिकाले अस्पताल सम्म पुर्याउनको एम्बुलेन्स खरिद गर्ने भनिएको हो । आर्थिक बर्ष २०७४/७५ को ६६ लाख बजेटबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने भनिएको हो हाल ११ लाख बजेटबाट १ वटा मात्रै एम्बुलेन्स ल्याईएको छ ।

नगर प्रमुख बिशाल शर्माले १ वटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याइसकेको र बाँकी २ एम्बुलेन्स पनि खरिदको प्रक्रिया रहेको बताए । ‘हामीले नगरपालिकाको तर्फबाट हुने सबै काम गरेका छौँ, निरन्तर ताकेता पनि गरिरहेका छौँ अब ४ देखि ६ हप्ता भित्र एम्बुलेन्स आउछ’ उनले भने, ‘हामी आफैले खरिद नियम बनाएर खरिद गर्न पाउने भए छिटो हुन्थ्यो, पुरानै प्रक्रिया पु¥याएर खरिद गर्नुपर्ने भएकोले ढिला भएको हो ।’ ३ वटा एम्बुलेन्स नगरमा आएपछि नगरक्षेत्रका भ्याली, नार्जि र चौफा क्षेत्रमा संचालन गरिने छ । शुरुमा ल्याईएको एम्बुलेन्स भन्दा आउने बाँकी २ एम्बुलेन्स मुल्यमा पनि महंगो र थप सेवासुबिधामा राम्रो हुने नगरपालिकाले बताएको छ । शुरुको ११ लाखको भएपनि पछिल्ला दुई करिब २२ लाखको हुनेछन ।

एउटा एम्बलेन्स संचालन हुँदा पनि त्यस क्षेत्रका स्थानीयहरु निकै खुसि भएका छन । पहिलो डोको र स्टेचरमा टाढाटाढाबाट बिरामी बाकेर ल्याउने स्थानीयहरु एम्बुलेन्स संचालन पछि बिरामीहरुलाई छिटोछरितो अस्पताल ल्याउन सहज भएको हो । हाल भ्याली क्षेत्रमा प्रभावकारी सेवा भएपनि अन्य दुई एम्बुलेन्स पनि आएपछि नगरका १४ वटै वडामा स्थानीयहरुलाई प्रभावकारी सेवा प्रदान हुने नगरपालिकाको बिश्वास छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto