हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने प्रेम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे युवापुस्तामा निकै नै लोकप्रिय बन्दै गएको छ । प्रेम दिवसको दिन दुई विपरित लिङ्ग महिला र पुरुष बिच रातो गुलाब साटासाट गरिन्छ भने एकले अर्कालाई प्रेम गर्छन भन्ने बुझ्नुपर्छ ।

https://www.facebook.com/aahasanchar.weekly/posts/844458092401020

प्रायःजसो युवापुस्ताले यसलाई सकारात्मक रुपमा लिन्छन त कसैले विकृति हो भनेर पनि बुझ्ने गरेका छन । जसका कारण युवापुस्ताको मनमा उमंग छाईदिने प्रेम दिवसको ईतिहास भने निकै दुःखदायी रहेको पाईन्छ । प्रेमलाई ब्यापारको रुपमा लिदै महंगो महंगो उपहार दिएर सच्चा प्रेम हुन सक्दैन प्रेम भनेको त त्यो हो जसमा दुई मनको प्रतिबद्धता हुन्छ र जुनीजुनी रहन्छ । प्रेम दिवसका दिन धेरै खर्च गरेर होटेल रेष्टुरेण्टहरुमा धुमधाम रमाईलो गरेमा मात्र प्रेम सफल हुन्छ भन्ने छैन । प्रेम जिवन जिउने एक आधार हो तपाईलाई जिवन चलाउनको लागी साँचो मायाको आवश्यकता पर्दछ । यदि तपाईलाई पनि कसैले साँचो माया गर्छ भने उ यी सब अनावश्यक खर्च भन्दा टाढै हुन्छ । उसले यो चाहदैन कि आफ्नो लागी तपाईले धेरै खर्च गर्नुपर्छ,धेरै नै रमाईलो गर्नुपर्छ भन्ने बरु उसले जिवनभर खुसि रहने सपना सजाएको हुनसक्छ । बरु तपाईले उसको लागी उसलाई मनपर्ने परिकार आफ्नै हातले पकाएर खुुवाउन सक्नुहुन्छ ।

आफ्नो साथीलाई मन पर्ने कविता,मुक्तक,गजल कोर्न सक्नुहुन्छ । जसका कारण तपाई आफ्नो साथीसँग अँझ बढि मितव्ययी बन्न सक्नुहुन्छ । प्रेम दिवसको आसपासमा युवायुपतिहरु बढी प्रेम संग जोडिएका गीत संगितहरु पनि सुन्ने गरेको पाईन्छ । युट्युवमा माया प्रेम सम्बन्धी हजारौं गीतहरु रहेका छन । जसमध्य ब्यापार होईन पिरती होईन ठेक्कापट्टा भन्ने गीत पनि पनि युट्युबमा निकै रुचाईएको छ । ६ लाख बढीले हेरेको उक्त गीत कामना डिजिटल मार्फच रञ्जित परियारले बजारमा ल्याएका हुन । जसमा प्रेमलाई ब्यापारको रुपमा नभएर सच्चा भावनात्मक प्रेमको रुपमा लिनुपर्ने कुरामा बढी जोड दिईएको छ । हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto