मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा पछिल्ला तीन वर्षको निर्वाचनमा दलहरुले समानुपातिक तर्फ पाएको मत विश्लेषण गर्दा रास्वपाको मत बढ्दो, तिब्र उचारचढावका विच नेकपाको घट्दो र काँग्रेस एमालेको सामान्य उचारचढावका विच स्थिर मत रहेको देखिन्छ ।
रुकुम पश्चिममा प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपाले २० हजार ३६ मत प्राप्त गरेर पहिलो भएको हो ।
त्यस्तै नेपाली काँग्रेसले १५ हजार १ सय ८१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० हजार १ सय ४९ मत, प्रलोपाले ७ हजार २ सय ७ र नेकपा एमालेले ५ हजार ८ सय ४७ मत प्राप्त गरेको छ । यस पटकको निर्वाचनमा अघिल्ला निर्वाचनहरुको समानुपातिक मत भन्दा समग्रतामा मुख्य दलहरुको मत घटेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले उलेख्य बृद्धि गरेको छ । यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतका १७ वटा दलहरु मिलि नेकपा बनेर एउटै चुनाव चिन्हबाट चुनावमा सहभागी भएका थिए भने नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा बाहिरिएर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरी छुट्दै दल मार्फत चुनावमा भाग लिएका थिए । जसका कारण पनि नेकपाको मत रुकुम पश्चिमका घटेको छ । नेकपाको मत अघिल्लो निर्वाचनको समानुपातिक मतको आधारमा यसपटक ३६ हजार हाराहारीमा हुनुपर्नेमा २० हजार हाराहारीमा सिमित भएको छ ।
कस्तो थियो अघिल्ला निर्वाचनहरुको मत
२०७४ सालको निर्वाचनमा रुकुम पश्चिमका प्रमुख चार वटा दलको समानुपातिक मत हेर्दा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी छ । जसको २७ हजार ६१ मत छ । त्यस्तै दोस्रोमा नेपाली काँग्रेसको १४ हजार ८८, तेस्रोमा नेकपा एमालेको ७ हजार २ सय ४६ र र नेकपा मालेको ४ सय ६१ मत रहेको छ ।
त्यसैगरी २०७९ सालको निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादीको पार्टीको एकल चुनाव चिन्हको मत ३४ हजार ३ सय ४७, नेकपा एमालेको ८ हजार ७ सय ६९ र नेपाली काँगेसको ८ हजार ७ सय ६६ रहेको छ । त्यस्तै चौथो स्थानमा रास्वपाको १८ सय ६६ रहेको थियो । त्यसबेला माओवादी र नेसपाको समानुपातिकमा पनि गठबन्धन गरेर एकल चुनाव चिन्ह थियो । २०७९ को निर्वाचनमा नेपाली काँग्रेसको करिब आधा समानुपातिक मत घटेको देखिन्छ भने एमालेको बढेको देखिन्छ ।
तीन बर्षको विस्तृत विवरण तलको टेवलमा हेर्नुहोस

प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ मा समानुपातिक तर्फ रुकुम पश्चिमबाट कुन दलले कति मत पाए, विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस ।

