रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

Byआहा सञ्चार

२०८२ फाल्गुन २२, शुक्रबार १७:३० गते

मेगराज खड्का
रुकुम पश्चिम

रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन । हालसम्मको मतगणना अनुसार शर्माले १ हजार ७ सय ५९ मत प्राप्त गरेका छन ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले १ हजार ४ सय २, नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले ८ सय ५३ र रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ३ सय २५ मत प्राप्त गरेका छन । आठविसकोट नगरपालिकाका विभिन्न वडाहरुबाट भैरहेको मतगणनामा हालसम्म ४ हजार ८ सय ९५ मत गणना भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...