मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिममा ५९ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीका अनुसार जिल्लाभर ५९.०३ प्रतिशत मत खसेको हो । जसमा महिला ३४ हजार ६ सय ४ जना र पुरुष २८ हजार ३ सय ६४ जना गरी जम्मा ६२ हजार ९ सय ६८ मत खसेको छ । जिल्लामा १ लाख ६ हजार ६ सय ६० कुल मतदाता रहेका छन ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

