मेगराज खड्का
रुकुम पश्चिम
रुकुम पश्चिमको अस्थायी मतदान केन्द्र बराहटाकुरा अन्य मतदान केन्द्रहरुको तुलनामा सुनसान देखिएको छ । जुन मतदान केन्द्रमा न्यून मात्रामा मत खसेको छ । समानुपातिक तर्फको यस मतदान केन्द्रका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मतदान गर्ने केन्द्र हो । मतदान अधिकृत नरेन्द्र ओलीका अनुसार यस मतदान केन्द्रमा दिउसो १२ बजेसम्म २८ जनाले मात्र मतदान गरेका छन । यस मतदान केन्द्रमा १ हजार १६ मतदाता रहेका छन ।
यस केन्द्रमा मतदान रहेका मतदाताहरु निर्वाचनमा खटिएका कारण न्यून मत खसेको मतदान अधिकृत ओली भनाई छ । जिल्लाका अन्य सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण तरिकाले मतदान भैरहेको छ । दिउसो १२ बजेसम्म ३४ प्रतिशत बढी मत खसेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसहिंता अनुगमन अधिकृत केशव प्रसाद ओलीका अनुसार जिल्लाभर ३४.५३ प्रतिशत मत खसेको हो ।
जसमा महिला १८ हजार ९ सय ७२ जना र पुरुष १७ हजार ८ सय ६२ गरी जम्मा ३६ हजार ८ सय ३४ मतदाता रहेका छन । जिल्लाका १ सय ४० मतदान केन्द्रका शान्तिपुर्ण तरिकाले मतदान भैरहेको ओलीको भनाई छ ।

