आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्बाचनको लागि उम्मेदवारि दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफ्नो जित सुनिस्चित रहेको बताएका छन । चुनावी भिडियो अपिल मार्फत उनले विभिन्न जित्ने आधारहरु समेत अघि सारेका छन ।
१, निरन्तरताको जित : शर्माले आफू रुकुम पश्चिमका लगातार जित हासिल गर्दै आएको कारण यसपटक पनि आफ्नो जितको निरन्तरता हुने दावी उनको छ ।
२, विकासलाई भोट : शर्माले हालसम्म रुकुमेली जनताले दिएको जीम्मेवारीले रुकुमेलीको कामदार बनेर धेरै विकास गर्न सकिएको बताउदै अपुरा रहेको केहि विकास निर्माणका काम र रुकुमको गरिवी अन्त्य गरेर सामाजिक न्याय र समृद्धिको यात्रामा लिने सपना पुरा गर्न यसपटक पनि अवसर मत मार्फत जनातले दिने विश्वास समेत ब्यक्त गरेका छन । आफु आफ्नो पार्टीको मात्र नभएर रुकुमका सबै दल र जनताको साझा राजनीतिक अभिभावक र साझा उम्मेदवार भएको उल्लेख गर्दै आगामी दिनमा अझ सबै पक्षलाई समेटेर लिने उल्लेख गरेका छन ।
३, र्राष्ट्रिय पहुँच : रुकुमको विकासको जिम्मा संगै रुकुमका आवाजहरु संसदमा जोडदार उठाएर संकटमा परेको राष्ट्रियतालाई जोगाउन आफ्नो यसपटक उम्मेदवारी परेको पनि स्पष्ट पारेका छन । जसमा रुकुमेली जनताको साथ रहने उनको दावी छ ।
४, साझा उम्मेदवार : शर्माले आफू एउटा पार्टीको तर्फबाट उम्मेदवार भएपनी रुकुमेली सबै दल र जनताको साझा उम्मेदवार भएको बताउदै आएका छन । उनको भनाइलाई दुई दल र उम्मेदवारले साथ समेत दिएका छन। शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार भएपनि नेकपा एमाले र उज्यालो नेपाल पार्टीका उम्मेदवार र पार्टीले उनलाइ समर्थन गरेका छन ।
५, माओवादी पार्टीको बिरासत प्रलोपाले बोकेका कारण : शर्माले माओवादी पार्टी विघटन पछि प्रलोपाले माओवादी बिरासत र सहिद परिवारको पक्षमा आवाज राखेका कारण आफुलाइ सहयोग प्राप्त हुने बताएका छन । रुकुम पश्चिम माओवादी बिरासत र सहिद परिवारको जिल्ला भएका कारण आफुलाइ त्यसमा साथ हुने उनको भनाइ छ । अव हाम्रो पार्टीले माओवादीको विरासत बोक्छ। अब हाम्रो एजेन्डा सुशासन र विकास हो । जनतालाई सक्षम बनाउँदै गरिबी अन्त्य गर्नुपर्छ र सामाजिक विभेद हटाउँदै सुशासन कायम गर्नुपर्नेछ । यसमा व्यक्ति मात्र होइन समुदायलाई नै अग्रसर गराउनुपर्छ । माओवादी विघटन भएपछि त्यसको विरासत अब प्रगतिशील लोकतान्त्रिक पार्टीले बोक्छ । यसले विगतमा माओवादीका सिद्धान्तको पनि जिम्मा लिन्छ । ( कुराकानी र भिडियो अपिलमा आधारित)

