उज्यालो नेपाल पार्टीका रुकुम पश्चिम उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन । शुक्रबार सयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका हुन । मतदाताहरूको सुझाव अनुसार आफूले जिल्लाको अभिभावक जनार्दन शर्मालाई समर्थन गरेको केसीले बताए ।
’म निर्वाचन प्रचारका क्रममा सबै मतदाताकोमा पुगेँ, उहाँहरूले तपाईँका एजेन्डा ठिक छन् तर अहिले तपाइले जित्नुभएन भने तपाइले उठाएका एजेन्डा त्यसै मर्ने छन्, त्यस कारण जित्ने उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्नुहोस भनेर सुझाव दिनुभयो, सोही अनुसार हाम्रो पार्टीले जिल्लाको विकासका लागि उठाएका एजेन्डाको स्वामित्व लिन जनार्दन शर्मा राजी हुनुभयो र मैले उहाँलाई समर्थन गरेँ उनले भने ।

को हुन शर्मालाई समर्थन गर्ने केसी
राजनीतिक पृष्ठभूमिको हिसाबले केसीले नेपाली काँग्रेसको लामो राजनीति गरेका छन । उनले नेपाली काँग्रेस पार्टीका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दल हुँदै जिल्ला तहका विभिन्न पार्टी संरचनामा रहेर काम गरेका छन । उनी नेपाली काँग्रेस निकट पत्रकार संगठन प्रेस युनियन रुकुमको संस्थापक अध्यक्ष हुन भने विद्यार्थी संघ, तरुण दल र प्रेस युनियन लगायतका अन्य पार्टी तहमा गरि करिब दुई दशक लामो राजनीति गरेका छन । आफु नेपाली काँग्रेसमा लामो राजनीतिमा रहेका कारण काँग्रेस निकट धेरै सुबेच्छुकहरुले पनि आफुले समर्थन गरेको उम्मेदवारलाई मत दिने उनको विश्वास छ ।
केहि बर्ष अघिबाट पार्टीभित्र देखिएको अपारदर्शी कार्यशैली तथा नेतृत्व तहमा बढ्दो भ्रष्टाचारप्रति असहमति जनाउँदै उनी सामाजिक संघसंस्थाको फोरम हुदै यसपटकको निर्वाचनमा उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी बनेका थिए । केसी रुकुम पश्चिमका प्रभावशाली नागरिक समाजका नेता, सुशासनकर्मी तथा अनुभवी विकासकर्मी हुन् । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।
आफ्नो जीत निश्चित: शर्मा
नेकपा एमालेले यसअघि नै रुकुम पश्चिममा जनार्दन शर्मालाई समर्थन गरिसकेको छ । आफु सबैको साझा उम्मेदार भएको र सबैको प्रत्यक्ष अप्रत्यक्ष समर्थन र सहयोगले आफ्नो जीत निश्चित भएको प्रलोपा उम्मेदवार जनार्दन शर्माले बताए । हेर्नुहोस यस्तो छ सर्मथन गर्दा दुई उम्मेदवारविच भएको ४ बुँदे समझदारी पत्र ।

पत्रकार सम्मेलनमा उनले ब्यक्त गरेको भनाई सुन्नुहोस

