बुद्धभूमि मानव सेवा आश्रमको भवन निर्माण शुरु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१, सल्लेमा बुद्धभूमि मानव सेवा आश्रमको भवन विहिबार शिलान्यास गरिएको हो ।

भवन निर्माण निर्देशक समितिका सदस्य तथा व्यवसायी/समाजसेवी धनबहादुर ओलीले भवनको शिलान्यास गरिएको आश्रम सञ्चालक खम्ब प्रसाद जैसीले आहा सञ्चारलाई बताए । भवन निर्माणका लागि रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका तथा जिल्लाको सानीभेरी र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग रहेको छ ।

हाल भाडाको भवनमा आश्रम सञ्चालन भएपनि आश्रमको भवन निर्माण पछि सहाराविहीनलाई आफ्नै आश्रममा ढुक्कले व्यवस्थापन गर्न सहज हुने सञ्चालकको भनाई छ । आश्रममा सहाराविहीन ११ जना व्यक्ति रहेका छन् । भवन निर्माण तथा आश्रमको दैनिक व्यवस्थापन खर्चमा सहयोग गर्न देश तथा विदेशमा रहने सबै सहयोगी नेपालीहरुमा सहयोग गर्न आग्रह समेत गरिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...