नेपाली काँग्रेसका नेता तथा पूर्व राज्य मन्त्री गोपाल जी जंग शाहले यसपटकको निर्वाचनमा रुकुम पश्चिममा हसिया हतौडा र माओवादी केन्द्र भन्ने पार्टी नै नभएपछि नेपाली काँग्रेसलाई निर्वाचनमा चौका हान्ने मौका भएको बताएका छन ।
नेपाली काँग्रेस रुकुम पश्चिमका उम्मेदवार राजु केसीको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा पत्रकारहरुसंग बोल्दै शाहले यस्तो बताएका हुन । ‘यसपटक रुकुम पश्चिमको निर्वाचन माहोल अहिलेसम्मकै शान्तिपूर्ण छ’ नेता शाहले भने, ‘जो हाम्रो प्रतिद्धन्दी पार्टी हो, माओवादी केन्द्र यो पार्टीको अहिले गोलाकार भित्रको हसिया हतौडा पनि छैन, माओवादी केन्द्र पार्टी पनि छैन, जसले गर्दा हामीलाई चौका हान्न पाईन्छ की भन्ने लागेको छ ।’
माओवादी द्धन्द्धका कारण रुकुम पश्चिममा यसअघिका चुनावमा भाग लिदा चुनावमा भाग लिएको भन्दा पनि युद्ध र झगडामा भाग लिएको जस्तो जोखिपूर्ण र प्रचार गर्न रोक लगाउने प्रबृत्ति रहेको पनि उनको स्मरण छ ।
भिडियोमा सुन्न तलको युट्युब भिडियोमा क्लिक गर्नुहोस

