रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१०, घारीखोला घर भई हाल रोजगारीको सिलसिलामा अमेरिका रहेका समाजसेवी विनोद केसीले बुद्धभूमि मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री र नगद रकम सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर केसीले सल्ले स्थित आश्रमलाई १० हजारको तीनबोरा चामल, दाल, तेल, लगायत फलफूल र पाँच हजार नगद रकम सहयोग गरेका हुन् । समाजसेवा सङ्गै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरको रुपमा चिनिएका केसीले बुवा केशर बहादुर खत्री र आमा गीता कुमारी खत्रीको हातबाट खाद्यान्न सामग्री र नगद रकम सहयोग गरेका छन् ।

उनले जन्मदिनमा अनावश्यक रुपमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा लगाउँदा आत्म सन्तुष्टि प्राप्त हुने भएकाले आश्रमलाई थोरै सहयोग गरिएको बताए । समाजसेवी केसीले यसअघि पनि गरिब, असहाय, दीनदुःखी तथा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई आर्थिक सहयोग गरिसकेका छन् । उनले आगामी दिनमा समेत आफ्नो समाजसेवालाई निरन्तरता दिने बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...