मेगराज खड्का
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । सार्वजनिक प्रतिवद्धतामा उनले आफ्नो विगतको राजनीतिक यात्रालाई समिक्षा गर्दै आगामी यात्राबारे प्रष्ट पारेका छन । रुकुम पश्चिमका समस्या र विकास गर्नुपर्ने क्षेत्रलाई संक्षेपको रुपमा १२ बुदामा राखेर उक्त समस्या हल गर्ने प्रतिबद्धता सहितको कार्य योजना समेटेका छन ।

‘कहिलेकाँहि राजनीतिमा आलोचना र प्रशंसा दुबै भोग्नुपर्ने हुन्छ तर म आफ्नो निष्ठा र लक्षमा अडिग छु’ शर्माले आफ्नो प्रतिवद्धता पत्रका लेखेका छन, ‘मेरो मुख्य उदेश्य भनेकै मेरो निर्वाचन क्षेत्रका जनता र समग्र देशको आर्थिक सामाजिक रुपान्तरणमा इमान्दारीपूर्बक योगदान पुर्याउनु हो ।’

द्धन्द्धपछि रुकुमको विकास आफ्नो पार्टी, जनताको सहयोग र सहकार्यमा आफ्नो नेतृत्वमा भएको उल्लेख गर्दै आगामी दिनमा बाँकी रहेका अपुरा विकासका काम सम्पन्न गर्न आफ्नो यस निर्वाचनमा उम्मेदवारी दिएको पनि स्पष्ट पारेका छन ।
आफ्नो निर्वाचन क्षेत्रका जनता र समग्र मुलुकको समृद्धिका लागि नयाँ उत्साहका साथ अघि बढिरहेको बताउँदै उनले आफ्नो लक्ष्य हिजोका अनुभवहरूलाई समेट्दै भोलीको उन्नत नेपाल निर्माणमा योगदान पु¥याउनु नै रहेको स्पष्ट पारेका छन ।
कृषिमा आधुनिकीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच तथा पूर्वाधार विकासका अधुरा परियोजनाहरूलाई पूर्णता दिँदै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन महसुस गराउने गरी ठोस कार्य योजनाहरू कार्यान्वयन गर्ने समेत उनको प्रतिबद्धता छ ।

त्यस्तै वैचारिक स्पष्टता र साङ्गठनिक निष्ठालाई आत्मसात् गर्दै प्रगतिशील लोकतान्त्रिक मूल्य–मान्यताको जगमा उभिएर भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी स्थानीय प्रशासनको प्रत्याभूति दिलाउन कुनै कसर बाँकी नराख्ने समेत कार्य योजना पत्र मार्फत प्रतिबद्धता छ ।

विस्तृतमा पढ्नुहोस यस्तो छ शर्माको प्रतिवद्धता पत्र

फेसबुकमा प्रतिक्रिया दिनुहोस...