मेगराज खड्का

रुकुम पश्चिमबाट उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी दिएका नरेन्द्र केसीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । सोमबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी आफनो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।

सुशासन समृद्धि र सामाजिक न्यायको लागि रुकुमबाट आफ्नो जीत भएमा सशक्त उपस्थिति जनाउने उल्लेख गरेका छन । उम्मेदवार केसीले मुख्य प्रतिबद्धतामा भ्रष्टाचारमा शून्य सहनशीलता देखि जिल्लाका ६ वटा पलिकामा फरक फरक बिशेषताको नमुना स्थानीय तहको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन । अधुरा पूर्वाधार तीव्र गतिमा सम्पन्न, अलपत्र उद्योग पुनरुत्थान गर्ने व्यवस्था मिलाइने देखि सानीभेरी र ठुलीभेरीमा चिलिमे मोडल लागू गरी स्थानीयको सेयर सुनिश्चित मार्फत पहिलो चरणमा विपन्नलाई, दोस्रोमा सबैलाई निःशुल्क विद्युत् वितरण गर्ने योजना अघि सारेका छन ।
जिल्लालाई अर्गानिक र प्राङ्गारिक हब, फलफूल जोन स्याउ, सुन्तला, किवी उन्नत बीउ, औजार अनुदान दिने व्यवस्था मिलाइनुका साथै विभिन्न क्षेत्रबाट ५ बर्षमा १० हजार युवालाई जिल्लामै स्वरोजगार बनाइने प्रथामिताका साथ मुख्यमुख्य प्रतिवद्धता गरेका छन । (विस्तृत चुनावी प्रतिवद्धता पत्र तल पढ्नुहोस )

 

नेपाली काँग्रेस देखि उज्यालो नेपाल पार्टीको उम्मेदवारसम्म
राजनीतिक पृष्ठभूमिको हिसाबले केसीले नेपाली काँग्रेसको लामो राजनीति गरेका छन । उनले नेपाली काँग्रेस पार्टीका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दल हुँदै जिल्ला तहका विभिन्न पार्टी संरचनामा रहेर काम गरेका छन । उनी नेपाली काँग्रेस निकट पत्रकार संगठन प्रेस युनियन रुकुमको संस्थापक अध्यक्ष हुन भने विद्यार्थी संघ, तरुण दल र प्रेस युनियन लगायतका अन्य पार्टी तहमा गरि करिब दुई दशक लामो राजनीति गरेका छन । आफु नेपाली काँग्रेसमा लामो राजनीतिमा रहेका कारण काँग्रेस निकट धेरै सुबेच्छुकहरुले पनि आफुलाई मतदान गर्ने उनको विश्वास छ ।

केहि बर्ष अघिबाट पार्टीभित्र देखिएको युवा पुस्तान्तरणको अभाव, अपारदर्शी कार्यशैली तथा नेतृत्व तहमा बढ्दो भ्रष्टाचारप्रति असहमति जनाउँदै उनी सामाजिक संघसंस्थाको फोरम हुदै यसपटकको निर्वाचनमा उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवारी बनेका हुन । केसी रुकुम पश्चिमका प्रभावशाली नागरिक समाजका नेता, सुशासनकर्मी तथा अनुभवी विकासकर्मी हुन् । उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।

 

यस्तो छ केसीको चुनावी प्रतिवद्धतापत्र

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...