रुकुम पश्चिम सानीभेरी गाउँपालिका ११ का ४६ बर्षिय कृपाराम खड्का दुई हप्तादेखि सम्पर्क बिहिन भएका छन । माघ २३ गतेदेखि परिवारको सम्पर्क विहीन भएका खड्का हालसम्म पनि सम्पर्कमा आएका छैनन ।

माघ २३ गतेदेखि गाउँघर तथा आफन्तजनको घर आसपासमा खोजी गरेपनि सम्पर्क नआएको उहाँका दाजु लोकजंग खड्काले आहा सञ्चारलाई जानकारी दिनुभयो । ‘हजुरहरु कसैले कहीं कतै देख्नु भयो भने नजीकैको प्रहरी चौकी वा ९७६५३७००५८ यो नम्बरमा फोन गरेर खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ’ उहाँले भन्नुभयो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...