रिज लाइन इनर्जी लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले स्थानीय प्रभावित, सामुहिक लगानी कोष, बैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीलाई सेयर वितरण गरिसकेपछि बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

