सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ । स्थानीय र बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुलाई वितरण गरिसकेपछि बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधरणका लागि निष्काशन गरेको हो ।
थोरै कित्ता भएका कारण माग धेरै हुनेहुँदा १० कित्ता मात्रै आबेदन दिदा पुग्नेछ । निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ ।
कम्पनीले ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

