मेगराज खड्का
रुकुम पश्चिम
नेपाली काँग्रेस रुकुम पश्चिमले आगामी प्रतिनिधीसभा सदस्यमा नयाँ उम्मेदवार उठाएको छ । जेनजी आन्दोलनपछि नेपाली लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको पुरानो पार्टी नेपाली काँग्रेस विशेष महाधिबेशन मार्फत नयाँ नेतृत्व चयन भएसंगै रुकुम पश्चिमबाट पनि नयाँ उम्मेदवारलाई फागुन २१ गते हुने निर्वाचनमा टिकट दिएको हो । जेनजी आन्दोलनपछि युवाहरुमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला राजु केसी पुरानो पार्टी काग्रेसको लागि रुकुम पश्चिमको नयाँ उम्मेदवार हुन ।
जेनजी आन्दोलन भावना र काँग्रेस पार्टीमा भएको विशेष महाधिबेशनको चाहाना अनुसार आफु रुकुम पश्चिमको प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएको उनले आहा सञ्चारलाई बताए । सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका लागि जेनजी आन्दोलन भएको र त्यसपछि नेपाली काँग्रेस भित्र पनि ठुलो विद्रोह भएको भन्दै उहाँले फेरिएको अवस्थाको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । आफुलाई जीताएर रुकुमेली जनताले पठाए आत्मनिर्भर रुकुमको सपना साकार पार्ने समेत उनको भनाई छ । ‘हाम्रा बारी बाँझै छन्, ती बारीमा केही रोप्दा खेरी हाम्रा सन्तानहरू जिल्लामै अडिन सक्छन्, आत्मनिर्भर हुन सक्छन्, विकास हुनसक्छ र समृद्धि ल्याउन सक्छन्, हाम्रो रुकुम पश्चिम भ्रष्टाचार मुक्त हुन सक्छ, मेरो मुख्य अभियान त्यहि हो’ उनले भने ।

को हुन केसी ?
केसी नेपाली काँग्रेसमा नेबि संघको राजनीतिबाट जोडिएका हुन । रत्न राज्यलक्ष्मी क्याम्पस पढ्ने बेलामा पार्टीमा जोडिएका उनी २०७२ मा रुकुम पश्चिमबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । त्यस्तै पार्टी जनसम्पर्क समन्वय समिति केन्द्रीय विभागका सदस्य समेत हुन । केसी राजनीति संगैसंगै सफल ब्यवसायीको रुपमा समेत चिनिन्छन । उनी रियल स्टेट इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षका साथै आल्मोनिय ब्यबसाय पनि गर्छन् । कुनै बेला रुकुम पश्चिममा बस ब्यवसायी समेत रहेका केसी रुकुम पश्चिमको अग्रणी सहकारी डिग्रे साइकुमारी सहकारी संस्थाको संस्थापक उपाध्यक्ष पनि हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...