मेगराज खड्का
रुकुम पश्चिम
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा उम्मेदवारको बन्द सूचिमा रुकुम पश्चिमका १७ जना उम्मेदवार परेका छन । पार्टीबाट सिफारिस हुने र पहिलो चरणमा निर्वाचन आयोगमा बुझाउने सूचिमा अझ ठुलो संख्या भएपनि आयोगले सार्वजनिक गरेको सूचिमा १७ जना उम्मेदवारहरु पर्न सफल भएका हुन । जसमा रुकुम पश्चिमबाट सबैभन्दा बढी ५ जना प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट छन भने प्रमुख दल नेकपा एमालेबाट भने एक जना पनि उम्मेदवार समाबेश छैनन ।

जसमा नेपाली काँग्रेसबाट दलित पुरुषबाट मानबहादुर नेपाली, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुष आदिवासी जनजातीबाट झक्कुप्रसाद घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुरुष खसआर्य प्रेमबहादुर बोहरा रहेका छन । त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट महिला आदिवासी जनजाती समुहबाट ताराकुमारी पुन घर्ती, पुरुष दलितबाट सुदास स्वर्णकार, महिला खसआर्यबाट प्रेमा शाही, दलित महिलाबाट गंगा विक कामी र पुरुष दलितबाट जनक परियार रहेका छन ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको दलित महिला समुहबाट सेती घर्ती विक, राष्ट्रिय जनमोर्चाबाट पुरुष आदिवासी जनजातीबाट गिरीप्रसाद बुढा, नेकपा मालेबाट खसआर्य समुहबाट डिलबहादुर नाथ, दलित महिला समुहबाट कमला दमाई, नेकपा माओवादीबाट खसआर्य पुरुष समुहमा जुनबहादुर बोहरा, महिला दलित समुहबाट पार्वती विक, आम जनता पार्टीको खसआर्य महिलाबाट कर्मी केसी, राष्ट्रिय परिवर्तन पार्टीबाट महिला दलित समुहबाट कविता डाँगी र नेकपा सयुक्तको आदिवासी जनजाती समुहबाट टेकीकुमारी राणा केसी रहेका छन ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...