रुकुम पश्चिमको चौरजहारी नगरपालिकावाट संचालनमा रहेको सामुदायिक रेडियो आफनो एफ.एम ९० थोप्लो ४ मेगाहर्जले आफनो स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । रेडियो ९ बर्ष पुरा गरी स्थापनाको दश बर्षमा प्रवेश गरेको छ ।
मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.ले वार्षिकोत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका ६० जना विरामीहरुलाई फलफुल वितरण सहित स्वास्थ्य लाभको कामना गरेको छ ।
रेडियोले सोही अवसरमा चौरजहारी नगरपालिका भित्रका, अपांगता भएका व्यक्ति, दिर्घरोगी, एकल महिला र जेष्ठ नागरिकहरुलाई डिजिटल रेडियो सेट र न्यानो कपडा वितरण गरेको हो । रेडियोले १० जना जेष्ठ नागरिकहरुहरुलाई न्यानो कपडा, फाईवर सिरक र १८ जनालाई डिजिटल रेडियो सेट हस्तानतरण गरेको रेडियोका प्रवन्ध निर्देशक गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजारवाट नियमित प्रसारणमा रहेको रेडियो आफनो एफ.एफ.ले दैनिक १७ घण्टा प्रसारण सेवादिदै आईरहेको छ ।

कार्यक्रम स्थल सम्म पुग्न नसक्ने उमेरले ६० वर्षदेखि १ सय २ वर्ष उमेर समुह तथा शारिरीक अपांगता भएका व्यक्तिहरुका लागि घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले उक्त न्यानोकपडा तथा रेडियो सेट हस्तान्तरण गर्नुभएको थियो । उहाँका अनुसार आइतवार चौरजहारी अस्पतालमा भर्नाभएर उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको वताईएको छ । आइतवार आयोजित फलफुल वितरण, न्यानो कपडा तथा रेडियो सेट वितरण कार्यक्रममा रेडियोमा कार्यरत कर्मचारी पत्रकार, चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, रेडियोका संस्थापक विजय माननन्धर लगाएतको सहभागिता रहेको थियो ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...