रुकुम पश्चिमको सल्लेमा रुकुम सर्जिकल आँखा उपचार केन्द्रको भवन शिलान्यास गरिएको छ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सयुक्त रुपमा भवन शिलान्यास गरेका हुन ।

१७ कोठे सुविधासम्पन्न हुने भवन सम्पन्न पछि आँखाको उपचार गर्न सहज हुने छ उपचार केन्द्रका इन्चार्ज धनबहादुर केसीले बताए । रुकुम पश्चिममै आँखा उपचार केन्द्रले आफ्नै भवन निर्माणको काम सुरु गर्नु महत्वपूर्ण रहेको कार्यक्रममा सहभागी अतिथिहरुको धारणा रहेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...