रुकुम पश्चिममा अब सीप परिक्षण तालिमहरु संचालन हुने भएका छन । यसअघि सिटिइभिटीले काठमाण्डौ लगायत कोहि शहरहरुमा तालिमको आयोजना गर्ने गरेको भएपनि स्थानीय पालिकाहरुको सहकार्यमा रुकुम पश्चिममा पनि विभिन्न सीप परिक्षण तालिमहरु संचालन हुनेछन । जसमा पहिलो चरणमा मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा सञ्चालित हुने छन ।

मंगलबार सदरमुकाम खलंगामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा विच यस्तो जानकारी दिईएको हो । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश लगायत सरोकारवाला निकायहरुको सहभागीतामा उद्योगी तथा रोजगारदाताहरुको कामदारहरुलाई आरपीएल सीप परिक्षण मुल्यांकन पठाउनेबारे अन्तरक्रिया कार्यक्रममका आयोजना गरेर यस्तो जानकारी दिइएको हो । कार्यक्रममा सिटिइभीटीका कर्णाली प्रदेश कार्यालयका अधिकृत भूमिका पोखरेलले रुकुम पश्चिमका स्थानीय तहहरुको छिटै सहकार्यमा विभिन्न सीप परिक्षण तालिमहरु आयोजना गरिने र त्यसका लागि इच्छुक स्थानीय तहहरुसंग सम्पर्कमा रहन जानकारी दिईन ।

निर्माण, ब्यूटिसियन, सूचना प्रविधी, कस्तकला, फर्निचर, कृषि र अटोमोवाईल लगायतका अन्य क्षेत्रमा काम गर्ने कामदारहरुको सीप परिक्षण प्रमाणपत्र लिनका लागि तालिम लिनुपर्ने बताइएको छ । रुकुम उद्योग बाणिज्य संघ रुकुम पश्चिमका अध्यक्ष पलबहादुर खड्काले यस्ता तालिमहरु रुकुममा धेरै आवश्यकता भएपनि हालसम्म कुनै पनि जानकारी नपाइएको बताए । आगामी दिनमा उद्योग बाणिज्य संघ संग सहकार्य गरेर अगाडि बढ्न समेत अनुरोध गरे ।

कार्यक्रममा पूर्व सीप परिक्षण शिक्षा, सीप परिक्षण प्रमाणपत्र प्राप्त गर्नुपर्ने क्षेत्र र कामदार र रोजगारदाता पोर्टलको बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश उपाध्यक्ष हर्षविक्रम खड्का, कार्यकारी निर्देशक महेश कुमार खनाल, एनभीक्यूएसका राजेश सोनी लगायत स्थानीय पालिकाका रोजगार संयोजक र जिल्ला स्थित रोजगारदाता क्षेत्रका संचालकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन रुकुम उद्योग बाणिज्य संघका सचिव रमेश खड्काले गरेका थिए ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...