तारा प्रसाद खड्का

गत भाद्र २३ र २४  गतेको नेपालमा भएको   जेन्जी (Gen Z) आन्दोलन  युवाहरुमा आयको  सचेतना, राजनितक असन्तोष र व्यवस्थागत सुधारको तीव्र आकांक्षाबाट उत्प्रेरित भएको हो भन्ने कुरामा दुबिधा छैन । डिजिटल युगमै जन्मीएर हुर्किरहेको नया पुस्ता  अन्याय सहन नसक्ने, र परिवर्तनका निम्ति स्वर उचाल्न सक्ने पुस्ता देशको सामाजिक राजनीतिक जीवनमा नयाँ ऊर्जा बोकेर आन्दोलनमा होमियो । जेन्जी अन्दोलनलाई  सरकारले कमजोर आँकलन गर्दा र सुरक्षा तथा त्यसको पुर्वतयारी कमजोर हुदा जनधनको ठुलो क्षती हुन पुग्यो भने कलिला बालबालिका सहित ७६ जनाले ज्यान गुमाए  साथै  आन्दोलनले उग्ररुप लिदा सिहदरबार र सर्वोच्च अदालत लगायत  सरकारी कार्यालय तथा व्यक्तीका निजि आवास तथा सम्पतिहरुमा आगजनि भयो केही दिन देश राज्यविहिनताको अवस्थामा पुग्यो बहालवाला प्रधानमन्त्री , मन्त्री लगायतका प्रमुख राजनितिक दलका नेताहरुको भागाभाग भयो । नेपालको ईतिहासमा प्रधानमन्त्री , मन्त्री लगायतका मन्त्रीमण्डलका सदस्यहरु आफ्नो ज्यान जोगाउन सेनाको सहायतामा हेलेकप्टर चढेर सैनिक ब्यारेकभित्र लुक्नुपरेको यो पहिले घटना थियो । जेन्जीहरुले शुसासन भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमथि राज्यले लगायको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मुख्य माग राखी अन्दोलनको घोषना गरेका थिय । त्यो  आन्दोलन हुनुमा तत्कालिन सरकारका साथै पुराना राजनितक दलहरुका क्रियापलाप तथा गतिबिधिले युवाहरुमा जागेको वितृष्ना पनि कारन थियो ।

नेपालमा गत भाद्र २३ र २४  गतेको जेन्जी अन्दोलन पछी बाध्य भयर तत्कालिन प्रधानमन्त्री केपि ओलिले २४ गते राजिनामा गरे । नागरिकको बलबुतामा ईतिहासमा यति छोटो समयमा सरकारले घुडाँ टेकेको घटना पनि बिरलै सुन्न र देख्न पाईन्छ जुन नेपालमा  देखियो र २७ गते प्रतिनिधि सभाको विघठन् भई पुर्व प्रधानन्याधिस शुसिला कार्कीको नेत्तृत्वमा फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने उद्धेश्यले नागरिक सरकार गठन भएको छ । साथै आन्देलनमा गरिएको दमन तथ अन्य घटनाहरुको सत्यतथ्य छानबिन गरी देषिउपर कानुनि कारबाहि गर्न सरकारले उच्चस्तरिय छानविन आयोग पनि गठन गरेको छ । आयोगले बयान लिने काम पनि गरिरहेको छ  तर पुर्व प्रधानमन्त्री केपि ओलिले आयोगलाइ बयान नदिने बताईरहेका छन् भने सरकार पनि चुनावि वातारणा नबिग्रीयोस भन्ने चाहान्छ यो परिस्थितिमा  नेकपा एमाले बाहेका सबै राजनितक दलहरु चुनावमा होम्मीएका छन् ।

एमाले भने आन्तरिक रुपमा चुनावको तयारी र र प्रतिनिधि सभाको पुर्नस्थापनको मुद्धा उठाएर दोहोरो चरित्र  देखाईरहेको छ र एमाले आफ्ना अध्यक्ष केपि शर्मा ओली सरकारको कुनै दोष नभएको प्रमानित गर्न चाहिरहेको देखिन्छ साथै एमाले र काङ्रेस लगायतका दलहरुमा जेन्जी अन्देलनको असर पनि देखा परेको देखिन्छ र यहि अवस्थामा चुनावमा होमिय नतिजा राम्रो नआउने आँकलन पनि मुख्य दलहरुले गरिरहेका छन् र समय वा  समय अगावै महाधिबेसन गरेर ताजा जनमतमा जाने उनिहरुको मनासय रहेको कुरा प्रस्ट भएको छ  । एमाले यहि मङ्सीर २७  गते महादिबेसन गर्न गईरहेको छ भने  नेपाली काङ्ग्रेसले  पनि पुस महिनाभित्र महादिवेसन गर्ने  र नया नेत्तृत्वमा चुनावमा जाने घोषना गरिसकेको छ।र अब युवा पुस्ताले नेतृत्व गर्नुपर्ने अवाज उठिरहेको छ ।

उता माओवादी र नेकपा समाजवादी लगाएतका  १२ दलहरुले   आफ्ना  दलहरु बिघठन गरि नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिसकेका छन्  उनिहरुको तयारी पनि आउदो निर्वाचन देखिन्छ   पुरानै पार्टी र पुरानै चुनाव चिन्ह लियर जनतामाझ जानुभन्दा नया बनेर जादा  जनताले विश्वास गर्ने उनिहरु  निष्कर्ष रहेको छ । यसैविच  धरानका लोकप्रिय मेयर हर्क साम्पाङ ले श्रम सस्कृति पार्टी र कुलमान घिसङले उज्यालो नेपाल दल दर्ता गरि युवामाझ परिचित अनुहार पनि चुनावमा भाग लिन अग्रसर देखिन्छन् ।  नया भनिएको पार्टी रास्वपाले पनि राम्रै तयारी गरेको देखिन्छ २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिलको उक्त पार्टिले उक्त निर्वाचनमा राम्रै सफलता पायको थीयो भने काठामान्डु , धरान र धनगडी लगायतका स्थानिय तहहरुमा स्वतन्त्र उम्मेदवारले पुराना र ठुला राजनितिक दलहरुलाइ चुनौति दिदै विजय  हासिल गरेका थिय । यसबाट नेपाली जनतालाई विश्वास लागेमा जुनसुकै राजिनतिक दल तथा स्वतन्त्र व्यक्तिलाई जनताले विजययी गराउन सक्छन भन्ने कुरा प्रमाणित पनि भएको छ ।जनताहरु देशमा समृद्धि चाहान्छन शुसासन चाहान्छन विकास चाहान्छन कुनै एक विचार वा सगठन होईन भन्ने कुरको उदाहरण हुन ति ।

जेनजी आन्दोलन केवल क्षणिक रोषको परिणाम थिएन यो दीर्घकालीन असन्तोष, भविष्यप्रतिको चिन्ता, र पारदर्शी तथा उत्तरदायी शासनप्रतिको चाहनाबाट जन्मिएको एउटा गहिरो सामाजिक–राजनीतिक चेतना थियो। युवापुस्ताले उठाएको परिवर्तन को स्वर केवल सडकमा सीमित रहेन, यसले सम्पूर्ण  राजनितिक दलहरु  र नेपाल राष्ट्रको शासन, राजनीति र सामाजिक उत्तरदायित्वबारे पुनर्विचार गर्न बाध्य बनायो। यस अर्थमा, जेनजी आन्दोलन  विध्वम्स मात्र नभएर आधुनिक नेपालमा युवा शक्ति, जागरण र परिवर्तनको एक ऐतिहासिक मोडका रूपमा स्थापित भइरहेको देखिन्छ साथै निर्वाचित सरकार तथा जनप्रतिनिधिले पनि युवा तथा नागरिकको चाहाना बमोजिम काम गर्नुपर्ने अवश्यकता औल्याएको छ। र अबको  निर्वाचनमा थपिएका लाख भन्दा बढी नया मतदाता र पुराना  मतदाता सबै ताजा जनादेशमा जाने कुराले उत्साहित छन् उनिहरु आफ्ना प्रतिनिधि आफै छान्न सक्षम पनि छन् अशा गरौ अबको निर्वाचनबाट जेन्जी तथा युवाहरुले  चाहेका जस्ता प्रतिनिधि छानिने छन् देशको नेतृत्व गर्नेहरुले युवाहरुको चाहाना बुझ्नेछन ,देशमा फेरी यस्तो  आन्दोलन गर्नुपर्ने छैन र देश समृद्धि र शुसासनको बाटेमा लम्किने छ ।।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...