प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज रुकुम पश्चिम सदरमुकाम खलंगामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । पार्टीका नेता जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा मुसिकोट खलङ्गाको मुसिकोट खलंगा बहुमुसि क्याम्पसमा युवा भेला तथा प्रशिक्षण गर्न लागेको हो ।

भेलामा प्रभाकर सहित नेताहरुको सहभागीता रहने छ । नेकपाको एकिकरण प्रकृयामा नजाने घोषणा गरेर नयाँ पार्टी गठन गरेका शर्माको यो रुकुमको पहिलो औपचारिक कार्यक्रम हो । हिजोमात्र प्रगतिशिल लोकतान्त्रिक पार्टीले सदरमुकाम खलंगामा पार्टी कार्यालय उद्घाटन गरेको थियो ।

आज १२ बजेदेखि शुरु हुने भेला तथा प्रशिक्षणमा पार्टीका युवाशक्ति र अन्य सुबेच्छुकहरुको सहभागीता रहने पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम संयोजक गोर्खबहादुर केसी सन्देशले जानकारी दिनुभयो । उहाँका अनुसार यहि भेला पछि जिल्ला स्तरमा पार्टीका गतिविधिहरुले पनि तिव्रता पाउने छन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...