रुकुम पश्चिमको सल्ले एयरपोर्टमा अब हप्तामा तीन उडान हुने भएका छन । यसअघि हप्तामा एक दिन मात्र चार्टर फलाईट हुने गरेको थियो ।
अब हप्ताको सोमवार, बुधवार र शुक्रवार गरी ३ दिन उडान हुने तारा एयरका रुकुम प्रतिनिधी लालविर बोहराले बताउनुभयो । उहाँका अनुसार रुकुमबाट नेपालगञ्ज भएर काठमाण्डौ जाने तथा काठमाण्डौबाट नेपालगञ्ज भएर रुकुम आउने यात्रुहरुको लागि पनि टिकटको ब्यवस्था गरिने छ ।
तारा एयरले रुकुम सल्ले पोखरा पनि उडान गर्दै आएको छ । त्यस्तै रुकुम सल्लेमा नेपाल एयरलाइन्सले पनि काठमाण्डौ र नेपालगञ्जबाट हप्तामा दुई उडान गर्दै आएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

