साविक नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका वडा नं. ६ को सिङ्गो वडा समितिले बैठक शुक्रबार बसेको छ । बैठकले पार्टी एकताको समर्थन गर्दै नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने निर्णय गरेको छ ।
वडा समितिको विस्तारित बैठकले पदाधिकारी हेरफेर गर्दै दीपक बोहोरालाई अध्यक्ष र मदन मल्ललाई सचिवको जिम्मेवारी दिएको छ । दिपक बोहराको अध्यक्षता र अनिल बुढाको संचालनमा सम्पन्न बैठकले वडाका संस्थापक कम्युनिष्ट नेताहरु तथा पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै साविक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले कतिपय नेताहरुले वैचारिक रुपमा विचलित हुँदै क्रान्तिकारी जनतालाई धोका दिएर पार्टी छोडेपनि तपाइहरु विचलित नहुन बताएका थिए । कार्यक्रमकमा नेता बुद्धि प्रसाद शर्मा, भानु मल्ल र मुसिकोट नगर समिति अध्यक्ष धनबहादुर खड्का वसन्त लगायतका नेताहरुको पनि सहभागीता रहेको थियो ।

