रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बढी राजश्व संकलन गर्ने कर्मचारीलाई सम्मान गरिएको छ । चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय १० नं. वडा कार्यालयका सचिव विकास ओलीलाई सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा निर्धारित लक्ष्यमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने कर्मचारीको रुपमा नगरपालिकाको प्रगति समीक्षा कार्यक्रममा सम्मानित गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । ओलीलाई नगर प्रमुख पुष्प वादी, उप प्रमुख ईश्वरी शर्मा बिएम लगायतले र अविर लगाएर सम्मान गर्नुभएको हो ।
उहाँ निर्धारित वार्षिक लक्ष्यमा ४६.४३ प्रतिशत अर्थात दुई लाख एक हजार ५९९ रुपियाँ राजश्व संकलन प्रगति गरी हालसम्म सबैभन्दा बढी आन्तरिक राजश्व सङ्कलन गर्ने उत्कृष्ट कर्मचारी बन्नु भएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

