रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राइज–अप परियोजना द्वारा ३ दिने ब्याबसायिक विकास योजना सम्बन्धी तालिम सुरु भएको छ ।
अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यहरूलाई उद्यमशीलता तथा ब्याबसायिक योजना बनाउने ज्ञान, सीप र व्यावहारिक क्षमता बढाएर आर्थिक आत्मनिर्भरता तर्फ उन्मुख गराउने उद्देश्यले तालिम सन्चालन गरिएको परियोजना अधिकृत सन्देश जैसीले बताउनुभएको छ ।

तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख भरत बहादुर बस्नेतले गर्नुभएको हो । अधिकृत सन्देश जैसिका अनुसार तालिममा २८ जनाको सक्रिय सहभागिता रहेको र तालिम बुधबार सम्पन्न हुने बताईएको छ ।
उक्त तालिमको उद्घाटन चौरजहारी नगरपालिकाका उप–प्रमुख ईश्वरी कुमारी शर्माले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, चौरजहारी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पोखरेल लगायतको सहभागिता रहेको थियो । तालिम चौरजहारी नगरपालिका वडा नम्बर १; स्थित होटेल मिड भ्यालीमा सन्चालन भैरहेको बित्त अधिकृत सुस्मिता बि. क. ले जानकारी दिनुभयो ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...