मुसिकोट खलंगा बहुमुखि क्याम्पसका नबनियुक्त क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले पदभार ग्रहण गरेका छन । मध्यपश्चिम विश्वविद्यालय ब्यवस्थापनले केहि दिन अघि खड्कालाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको थियो ।
आज एक कार्यक्रमका विच भएको पदभार कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम सहित जिल्ला स्थित राजनैतिक दल र सरोकारवाला ब्यक्तिहरुको सहभागीता रहेको थियो । पदभार कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख खड्काले क्याम्पसको विकास र विस्तारमा लागि सक्दो सहयोग गर्ने बताए ।
विश्व विद्यालयले प्रत्येक चार चार बर्षमा क्याम्पस प्रमुख नियुक्ती गर्दै आएको छ । यसअघि बुद्धिप्रसाद गौतम क्याम्पस प्रमुख थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

