अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अक्टोवर समाजवादी क्रान्तिको महत्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत भएको बताएको छ । अक्टोवर समाजवादी क्रान्तिको १०८ औं वार्षिकोत्सबको अवसर पारेर केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी बिज्ञप्तिमा यस्तो कुरा उल्लेख गरिएको छ ।

अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ’महान् रुसी अक्टोवर समाजवादी क्रान्ति विश्वको राजनीतिक इतिहासमा एक युगान्तकारी परिघटना थियो, जसले माक्र्सवादको पथप्रदर्शक सिध्दान्तको मार्गनिर्देशनमा विश्व मै पहिलोपटक पुँजीवादी प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरेर वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गरेको थियो । अर्थात् महान् रुसी अक्टोवर समाजवादी क्रान्तिले विश्व मै पहिलोपटक पुँजीपतिको हातबाट राज्यसत्ता खोसेर सर्वहारा वर्गको काँधमा पुर्याई दिएर विश्व सर्वहारा वर्गलाई देशको मालिक बनाएको थियो । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक, पत्रकार, साहित्यकार एवं साँस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस महान् रुसी अक्टुवर समाजवादी क्रान्तिको १०८ आौं वार्षिकोत्सब प्रति ऐक्यबद्धता जाहेर गरेको हो ।

केन्द्रद्धारा जारी विस्तृत विज्ञप्ती तल हेर्नहोस

फेसबुकमा प्रतिक्रिया दिनुहोस...