सुन र चाँदीको मूल्यमा निरन्तर बृद्धि

Byआहा सञ्चार

२०८२ आश्विन २०, सोमबार १३:११ गते

नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो । यसैगरी यस दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

आईतबारको बजारमा २ हजार ९३० रुपैयामा खरिदबिक्री भएको थियो । चाँदीको पनि आईतबार कायम मूल्यलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...