साहित्यकार खगेश्वर भण्डारीका दुई कृति लोकार्पण भएका छन । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा भण्डारीका प्लास्टिकको फूल कथासंग्रह र जीवन शूत्रका गीत कविता संग्रह लोकार्पण गरिएको हो ।

मुसिकोट नगरपालिकाका प्रथम नगरप्रमुख देविलाल गौतम र कर्णाली प्रदेश सरकारका पूर्व सचिव भरत शर्माले सयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा प्लास्टिकको फूल कथासंग्रहको साहित्यकार तथा मुसिकोट खलंगा बहुमुखि क्याम्पसका उपप्रध्यापक मुकुन्द शर्माले र जीवन शूत्रका गीत कविता संग्रहको साहित्यकार कमप्रसाद देवकोटाले समालोचना गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार गिरीप्रसाद बुढा लगायत सरोकारवाला ब्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन परिषदका सचिव ओम केसीले गर्नुभएको थियो ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...