नेपाल जनजागरण मञ्च (एनप्याफ) रुकुम पशिचमको जिल्ला स्तरिय परियोजना समीक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।
फास्टेनएक्सन स्विजरल्याण्डको साझेदारीमा सञ्चालन गरेको ‘सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना’को जिल्ला स्तरिय समीक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयेजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमूख एवम कार्यवहाक प्रमुख देववहादुर वि.क.को प्रमुख आतिथ्यता र नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षतामा उक्त सम्पन्न गरिएको थियो ।
कार्यक्रमा परियोजना संयोजक समिट रिजालले परियोजनाको उपलब्धि तथा गतिविधिबारे विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो ।
समापन कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रमुख एवम प्रतिनिधि कार्यालय प्रमुख एवम प्रतिनिधिहरुले परियोजनाले समुदाय रुपान्तरणमा जागरण मञ्चले गरेका कामको प्रशंसा गर्दै आगामी दिनहरुमा उक्त परियोजनालाई निरन्तरता दिन सुझाव दिएका थिए ।
२०६३ सालमा स्थापना गरिएको जनजागरण मञ्च अन्र्तगतका परियोजनाले अन्नबाली, तरकारी, फलफूल तथा डाले घाँसमा आधारित वातावरणमैत्री पर्यावरणीय कृषि अभ्यासलाई प्रवर्द्धन गर्दै खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको छ । परियोजनाबाट प्रत्यक्ष रुपमा ५६६ घरधुरिलाई लाभान्वित बनाएको छ ।
यस परियोजनाको कुल बजेट एक करोड ६४ लाख १७ हजार ९९३ रुपियाँ रहेको थियो भने परियोजनाको अवधि जनावरी २०२२ देखी जुन २०२५ सम्म रहेको मञ्चका सहसचिव दिपेन्द्र महताराले जानकारी दिनुभयो ।